ताजा समाचार

गृहमन्त्री थापाले सार्वजनिक गरे ८२ बुँदे योजना

काठमाडौं, १९ चैत ।  गृहमन्त्री रामबहादुर थापा बादलले साेमबार पत्रकार सम्मेलन गरेर ८२ बुँदे गृह सुधार कार्ययोजना सार्वजनिक गरेका छन्। 

गृहमन्त्री थापाले गृह प्रशासनका सबै अगंलाई जनमुखी,नतिजामुखी, इमान्दार र राष्ट्रिय उद्धेश्य प्राप्त गर्न सक्ने गरि परिचालन गर्ने आफ्नो कार्ययोजनामा उल्लेख गरेका छन्।

आन्तरिक सुरक्षा ब्यवस्थालाई मजबुद बनाई राष्ट्रिय एकतालाई कायम गर्ने गरि सबै सुरक्षा निकायलाई परिचालन गर्ने योजनासमेत अघि सारेका छन्।

त्यस्तै सुरक्षा संगठनका नीतिगत सुधार तथा कानुन निमार्ण, संगठनात्मक सुधार र रूपान्तरणण, जनशक्ति ब्यवस्थापन, सेवा प्रवाह र सुशासन, अध्यागमन र सीमा प्रशासनको सुधारलगाएतका विषयलाई मन्त्री थापाले समेटेका छन्।

 

मन्त्री थापाले सार्वजनिक गरेको कार्य योजनामा संघीय प्रहरी ऐन निमार्ण गर्ने, प्रहरी कर्मचारीको सरूवा/बढुवालाई प्रभावकारी र वैज्ञानिक बनाउने, सीमा सुरक्षालाई थप मजबुद पार्ने, अध्यागमनलाई सुधार गर्ने, साईबर क्राईमको अनुसन्धान प्रक्रियालाई नयाँ ढंगले तय गर्ने, क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने, कारागारलाई सुधार गृहको रुपमा परिणत गर्ने लगायतका बुँदा समेटेका छन्।

त्यसैगरी संगठीत अपराधको निगरानी र नियन्त्रणका लागि स्पेसल टाक्स्फोर्स गठन गर्ने, राजमार्ग बन्द हुन नदिने र कुनै अवस्थामा बन्द भईहाले पनि १० मिनेटमा खोल्ने लगाएतका कुरा मन्त्री थापाका ८२ बुँदामा छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org