ताजा समाचार

माअाेवादीले सूर्य चिन्ह नमानेपछि नेकपा एमाले स्थायी कमिटीकाे बैठक बस्दै  

काठमाडाै,२० चैत ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक राखेका छन् । पार्टी एकता  संयोजन समितिकाे  बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटीको बैठक बाेलाएकाे हाे  ।

 पार्टी एकीकरणमा माओवादीले बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको सन्दर्भमा एमालेको आधिकारिक धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । एमालेले सूर्य चिन्ह नछाड्ने र माओवादीलाई ५० प्रतिशत हिस्सा दिन नसकिने अनौपचारिक सन्देश दिइसकेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले चुनावमा जस्तो प्रतिशत छुट्याएर एकीकरण नहुने भन्दै समानतामा आधारित एकता हुने बताइरहेका छन् । यसलाई एमाले पंक्तिले ५०/५० को अर्थमा बुझे पनि माओवादीका एक नेताले भने त्यसरी नबुझ्न आग्रह गरेका छन् ।

राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्य समेत रहेका माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले संख्याको कुराले पार्टी एकता नरोकिने बताए । उनले भने-अहिले संख्याको पोजिशन लिने कुरा होइन,पार्टी एकता २२ अपि्रलमा हुन्छ, संख्याको समाधान संयोजन समितिबाट हुनेछ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org