ताजा समाचार

संसदलाई जानकारी गराउँदै प्रधानमन्त्रीले भने भारतसँग जलमार्ग र रेलमार्गबारे कुरा गर्छु

 

काठमाडाैं, २० चैत । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जलमार्ग र रेलमार्गबारे कुरा गर्ने बताएका छन् । 

 भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न प्रयास गर्ने  पनि उनले बताए । ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

प्रधानमन्त्री अाेलीले  गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org