ताजा समाचार

एमाले र माओवादी पार्टी एकताकाे तयारीमा

काठमाडौं,२२ चैत । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता घोषणाको तयारी गर्ने तयारीमा जुटेका छन् । 

बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले वैशाख ९ गते हुने एकता घोषणा तयारीका लागि दुबै पार्टीले छलफल गर्ने निर्णय गरेका छन् ।

बैठकमा दुबै दलका पोलिटब्युरो, स्थायी समितिलगायत निकायबाट पार्टी एकताको प्रस्ताव पारित गर्ने  निर्णय भएको छ  ।

पार्टी एकताका लागि नयाँ पार्टीको प्रस्तावनामा जनयुद्ध भन्ने शब्द राख्ने कि नराख्ने,  जिल्ला र प्रदेश समितिको नेतृत्व कसरी बाँडफाँट गर्ने, केन्द्रीय समितिमा दुबै पार्टीबाट कति जना राख्ने भन्ने विषय अझै मिलेकाे छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org