ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई ठगि गर्ने छ जना पक्राउ

 

झापा, २२ चैत । बैंकमा नक्कली सुन धितो राखेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी  गर्ने ६ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ्ग, बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी छन् ।

उनीहरु मध्ये खड्का र खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

त्यस्तै, तामाङलाई अदालतले ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसकेपछि थुनामा गएका छन् । उनी बैंकको बिर्तामोड शाखाका नगद सहायक सुन जाँचकी समेत भएको प्रहरीको भनाइ छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org