ताजा समाचार

प्रधानमन्त्रीकाे भारत भ्रमणले नेपाल-भारत सम्बन्ध बलियाे बनायाे : विवेकशील साझा

काठमाडाैं,२६ चैत। विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाल-भारत सम्बन्ध बलियाे भएकाे बताएकाे छ ।

नेपालको विकाशमा टेवा पुर्याउने, समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने  प्रधानमन्त्रीकाे समझदारीलाई  विवेकशील साझाले स्वागत गर्नुका साथै बधाई दिएकाे छ ।

प्रवक्ता डा. सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वदेश फर्केपछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भएअनुसार नै यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्‍याएको हामीले पनि ठानेका छौं ।’

जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक तथा व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न विवेकशील साझाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org