ताजा समाचार

दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना, श्रीमान्सँगको झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म अाइपुग्ने

 

ललितपुर, २६ चैत । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।

श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताइन् ।

प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उनी भन्छिन, “कति त नियमित जस्तै वर्षाैँदेखि यहाँ आइरहेका घटना पनि छन् ।”

महिला हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्छ । श्रीमान्ले कुटेको, खान नदिएको, बाहिर अर्की श्रीमती राखेको, सन्तानलाई बेवास्ता, विवाह र जन्मदर्ता नगराएकोेलगायतका समस्या लिएर महिला आउने गरेका हुन् ।

पहिले श्रीमान्लाई कारवाही माग गर्ने महिलापछि भने आफैँ छुटाउन लाग्छन् ।उनी बताउछिन्, “श्रीमान् दोषी देखिएमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्छ तर छुटाउन श्रीमती नै आइपुग्छन् ।” प्रहरीसम्म आएका घटनामा श्रीमान्–श्रीमतिको अलग्गिन चाहेको र मिल्न सक्ने अवस्था नहुँदामात्रै सम्बन्धविच्छेदका लागि अदालत पठाउँछ । अधिकांश घटनामा भने एकपटक प्रहरीसम्म आएका मुद्दा नै बारम्बार दोहोरिन्छन् ।

शिक्षित वर्ग र शहरी क्षेत्रका उच्च वर्गका मानिसको कममात्रै मुद्दा आउँछ । केन्द्रमा सबैभन्दा बढी न्यून र मध्यम वर्गीय परिवारका घरायसी समस्या आउने गरेका छन् । साउनदेखि यतामात्रै १३३ वटा घरायसी झगडा केन्द्रमा आएका छन् ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org