ताजा समाचार

सेवाग्राहीले घुस माग्ने जिल्ला वन अधिकृतलाई कार्यकक्षमै थुने

रामेछाप, २७ चेत । सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । आक्रोशित सेवाग्राहीले उनलाई कार्यकक्षमै थुनेका हुन् ।

मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग मागेका थिए ।

सेवाग्राहीले कार्यकक्षमा ताल्चा लगाएर उनलाई थुनिदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष वाहिरसम्म नै सुनिएको थियो । वन अधिकृतलाई ताल्चा लगाउने समयमा सेवाग्राहीले संचारकर्मीलाई समेत वोलाएका थिए । पछि जिल्ला वन अधिकृतसँग सञ्चारकर्मीले जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

२०६८ सालमा वन कार्यालयले व्यक्तिका कान्लाका खयर जातका काठहरु काट्नका लागि हिमाली कच्चा उद्योग हाँसपोसा, इटहरीलाई अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवास, लगाएतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेका थिए

कटान गरिएका काठहरु मध्ये ४ सय ९० क्युफिट गोलीका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिए पछि ती काठहरु २०६८ सालमा नै लगियो । तर पछि कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो ।

काठ लैजान नपाएपछि कम्पनीले महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिएका थिए । उद्योगले गौतमलाई अनुमति दिए पनि वन कार्यालयले भने हालसम्म काठ लैजाने अनुमति दिएको छैन ।

गौतमले बताए अनुसार बाँकी रहेका काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि काठ लैजान अनुमति दिन अधिकृतले १० लाख रुपैयाँ मागेका थिए । सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएका अधिकृत ठाकुरले क्षेत्रिय वन कार्यालय हेटौडामा कागजात मिलाउँनु पर्ने भन्दै गौतमको सवारीसाधन १४ पटक हेटौडा र रामेछाप ओहोरदोहोर गराएको थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org