ताजा समाचार

प्रधानमन्त्रीको भारत भ्रमणले धेरै भ्रम चिर्न सफल : परराष्ट्रमन्त्री


काठमाण्डौ, २८ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले धेरै भ्रमहरू चिर्ने काम गरेको बताएका छन् ।

एक कार्यक्रमको छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले लामो समयदेखि दुर्इ देशकाबीचमा रहेका कयौँ भ्रमहरू प्रधानमन्त्री ओलीको भ्रमणले अन्त्य गरेको बताएका हुन् ।

ज्ञवालीले नेपाल पूर्णरूपमा भारतमा आत्मनिर्भर रहेको, नेपाल र भारतबीच समानताको सम्बन्ध नरहेको जस्ता विषयलार्इ यसपटकको भ्रमणले चिरेको उनले बताउनु भयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका दुर्इवटै छलफलमा स्पष्ट रूपमा कुराहरू राख्नदै यसपछि दुर्इ देशकाबीचमा रहेका लामो समयदेखिका भ्रम चिर्न सफल भएको बताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org