ताजा समाचार

कर्णालीको मुख्य न्यायाधिवक्तामा मानन्धर नियुक्त

सुर्खेत, २८ चैत।  कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा काम गर्नुहुनेछ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org