ताजा समाचार

देशभित्र अतिवादी तत्व प्रमुख सुरक्षा चुनौती बनेको छ: प्रधानमन्त्री

काठमाडाैं,२९ चैत । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीले बिहीबार अायाेजना गरेकाे  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् ।

कार्यक्रममा  बाेल्दै अालीले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए ।

‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने । यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्ने पनि अाेलीले बताए । साथै प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको पनि बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org