ताजा समाचार

पेन्सन पाएका र बिदा बसेका शिक्षकलाई तलबभत्ता

काठमाडाैं,३० चैत । पेन्सन पाएइसकेका शिक्षकलाई  पनि ३१ वटा जिल्ला शिक्षा कार्यालयले पेन्सनतलब,भत्ता दिने गरेको खुलेको छ। काठमाडौं, बारालगायतका शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ता वापत गत आर्थिक वर्ष १ करोड ८६ लाख ८५ हजार निकासा दिएका हुन्।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजानिक गरेको ५५औं वार्षिक प्रतिवेदनअनुसार काठमाडौं, सर्लाही, रौतहटलगायत ३२ जिशिकाले तलब, भत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार अतिरिक्त रकम निकासा गरेको उल्लेख गरिएको छ।

जल्ला शिक्षा कार्यालयले विद्यालय शिक्षक कितावखानाबाट पारित तलवी प्रतिवेदनको आधारमा तलव भत्ता, चाडपर्व खर्च समेत हिसाब गरी
निकासा दिनुपर्दछ ।

जिशिका ताप्लेजुङले कक्षा ११ र १२ मा पढ्ने लक्षित समूहका विद्यार्थीलाई पाठ्यपुस्तक व्यवस्थापनका लागि आवश्यकभन्दा धेरै रकम निकासा दिएको पनि महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org