ताजा समाचार

शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा कक्षा ८ सम्म नपढेकाले चुनाव लड्न सरकारी जागिर खान संघसंस्था खाेल्न नपाउने 

काठमाडाैं,३०चैत ।नेपाल कानुन आयोगले तयार पारेकाे शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आठ कक्षासम्म नपढेकाले अब  चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसाय गर्न नपाउने प्रस्तावित विधेयकमा उल्लेख भएकाे छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा कम्तिमा पनि कक्षा८ सम्मकाे शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो ।

यस्तो व्यवस्था (२०८३) सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको शिक्षा मन्त्रालयले जनाएकाे छ । सुरक्षा निकायको सबैभन्दा तल्लो तहमा जागिर खान कम्तिमा आठ कक्षा पास गरेको शैक्षिक योग्यता पेश गर्नुपर्छ । त्यसैगरी सुरक्षा गार्ड, कार्यालय सहयोगीलगायत पदमा पनि साधारण लेखपढ गर्ने जानेकाहरुले जागिर खान पाउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org