ठगहरुले आकर्षक रोजगारीको नाममा भ्रामक विज्ञापन तथा प्रचारप्रसार गरिरहेका छन् । तर, ठगिने भएकोले यस्ता भ्रामक विज्ञापनहरुको विश्वास नगर्न अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ । विज्ञापनकाे भरमा परेर कतिपय नेपालीहरु ठगिएकाे देखिएपछि दूतावासले सतर्क गराएको हो ।
हालसम्म अष्ट्रेलिया सरकार र नेपाल सरकारवीच अष्ट्रेलियामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति र सम्झौता नभएको समेत दूतावासले स्पस्ट पारेको छ ।