ताजा समाचार

प्रतिव्यक्ति आयमा सुधार, एक नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर पुग्यो

काठमाडौं,१२वैशाख । नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७३र७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ । राष्ट्रिय योजना आयोगले केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।

तर, त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो । विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ ।

केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४।९ प्रतिशत र विश्व बैंकले ४।६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ ।  विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि छ ।

आर्थिक वर्ष २०७४र७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org