ताजा समाचार

रेविज विरुद्धको खोप ल्याउन ढिलाई

काठमाडौं, १२ वैशाख । दुई सातादेखि अभाव भएको रेविज विरुद्धको खोप ल्याउन ढिलाई भएको छ । आपूर्ति प्रक्रिया लम्बिदा रेविज विरुद्धको खोप ल्याउन ढिलाई भएको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बढीमा एक साता मात्र पुग्ने खोप स्टकमा रहेको महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताउनुभयो । महाशाखाले एक वर्षका लागि तीन लाख भाइल खोप खरिद गर्न लागेको हो । खोप खरिद प्रक्रियामै रहेकाले तत्कालका लागि आफैं खरिद गरेर सेवा दिने जनाइएको छ ।

महाशाखाले यसका लागि सबै सरकारी अस्पताललाई पत्राचार गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओसंग पनि महाशाखाले १० हजार भाइल माग गरेको छ । दिनमा करीब ६ सय भाइल खोपको खपत हुने गरेको डा.सेन्चुरीले बताउनुभयो । खोप नेपालमा भित्रन तीन महिना लाग्ने भएपनि आफुहरुले १५ दिन भित्र ल्याउन पहल थालेको बताउनु  भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org