ताजा समाचार

राजन भट्टराईले भने ः मोदी र सी जिनपिङबीच नेपालबारे चर्चा हुन्छ

काठमाडौं,१२ वैशाख । नेपाल भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले त्रिदेशीय साझेदारीबारे अब दिल्ली र बेइजिङमा पनि बहस सुरु भएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भट्टराईले साझेदारीबारे बहस हुने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी शुक्रबार चीन जाँदैछन् । ‘नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी हुुनुपर्छ भनेर अब काठमाडौंमा मात्रै नभएर दिल्ली र बेइजिङमा पनि छलफल हुने भएको छ’ एमाले नेता भट्टराईले भने, ‘मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच नेपालबारे चर्चा हुन्छ ।’

भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमण आकस्मिक रुपमा तय भएको उल्लेख गरेका छन् ।

यसअघि भारत र चीनबीच नजानिँदो प्रतिष्पर्धा रहेको भए पनि अब सम्बन्ध सुध्रिने बाटोमा गएको भन्दै उनले भने, ‘त्रिदेशीय सहकार्यप्रति भारत सकारात्मक बनेको छ, यो खुशीको कुरा हो, हामीले दुवै छिमेकीहरुसँग लाभ लिन सक्नुपर्छ ।’

उनले मोदीको नेपाल भ्रमण राजकीय हुने स्पष्ट पारे । भट्टराईले अघि थपे ‘प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा द्विपक्षीय सम्बन्धमा देखिएका अविश्वास हटेका छन् । अब नेपाल(भारतबीच रहेका सबै खाले अविश्वास अब पूर्ण रुपमा हट्ने मैले विश्वास लिएको छु ।’

मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको शिल्यान्यास र काभ्रेको धुलिखेलमा प्रहरी प्रतिष्ठानको शिल्यान्यास हुने जनाए । मोदीले संघीय संसदमा सम्बोधन गर्ने सम्भावना कम रहेको उनको भनाइ थियो ।

पूर्वराजदूत डा. दुर्गेशमान सिंहले मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने बताएका छन् । मोदीले नै दुई देशबीच रहेको उच्चस्तरीय भ्रमण आदानप्रदानको खडेरी समाप्त पारेको सिंहले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org