ताजा समाचार

प्रदेश दुईमा सुरक्षा नीतिको चुनौतीः गृहमन्त्री थापा

बारा, १२ वैशाख। गृहमन्त्री रामबहादुर थापा बादलले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीर रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

प्रदेश २ को प्रदेश स्तरीय सुरक्षा गोष्ठीको बुधवार सिमरास्थित होटल इच्छामा उद्घाटन गर्दै गृहमन्त्री बादलले प्रदेश दुई संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताएका हुन् ।

खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भष्ट्राचार, प्राकृतिक विपद्जस्ता समस्या दुई नम्बर प्रदेशमा बढी देखिने गरेको भन्दै गृहमन्त्री बादलले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको बताए ।

गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्ययोजनासहितको निश्कर्ष निकाल्ने बताउनु भयो ।

दुई नम्बर प्रदेशमा राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस बिषयमा पनि छलफल गर्ने बताए ।

गृहमन्त्री थापाले देशको समग्र सुरक्षा व्यवस्थालाई ब्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृहमन्त्रालयले भर्खरै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org