ताजा समाचार

सुशासन र सुरक्षाका लागि सरकार सधै प्रतिबद्ध रहन्छ ः गृहमन्त्री थापा

काठमाण्डौ,१४ वैशाख । सुशासन र सुरक्षाका लागि सरकार सधैं प्रतिबद्ध रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

शुक्रबार लुम्बिनि प्रेस क्लबले गौतम बुद्ध बिमानस्थल भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापा मुलुकको शुसासनका लागि सरकार दृढतापूर्वको लागेको उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम राख्न सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।

५ नम्बर प्रदेश स्तरीय सुरक्षा योजना बनाउन गृह सचिव, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ३ आईजीपि लिएर रुपन्देही आएका मन्त्री थापाले देश र जनताको सुरक्षाको लागि सरकारले कुनै कसुर बाकी नराख्ने समेत बताउनु भयो ।

कार्यक्रम लुम्बिनि प्रेस क्लबका अध्यक्ष माधव ढुङगानाको अध्यक्षता र महासचिव नरेश के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रदेश नम्बर ५ का गृहमन्त्री कुलप्रसाद के.सी., प्रदेश सांसद दधिराम न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org