ताजा समाचार

तुलसीपुरका भण्डारीले तयार पारेकाे लाेगाे अबदेखि प्रदेशसभा सदस्यहरुले प्रयोग गर्ने

 

 

दाङ, १५ वैशाख । दाङ  तुलसीपुरमा प्रदेशसभा सचिवालयले २०७४ साल फागुन २४ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेकाे मा तुलसीपुरका खगेश्वर भण्डारीले तयार पारेको लोगो प्रदेश नम्बर ५ मा प्रथम भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ निवासी भण्डारीले बनाएको त्यही लोगो अबदेखि प्रदेशसभा सदस्यहरुले प्रयोग गर्नेभएका छन्। भण्डारीले बनाएकाे लाेगाे केही परिमार्जनगरी स्वीकृत भइसकेको संसद सचिवालयले जनाएकाे छ । खुल्ला प्रतिष्पर्धा मार्फत लाेगाे बताएका भण्डारीले नगद २५ हजार पुरस्कार जितेका छन् ।

त्यस्तै  गरी अर्का  प्रतियोगि तिलोत्तमा ९ रुपन्देहीका सुधीर अर्यालले तयार पारेको लोगो दोस्रो भएको छ। उक्त लोगो भने प्रदेशसभा सचिवालयका कर्मचारीले प्रयोग गर्ने जानकारी संसद सचिवालयले दिएको छ।  दोस्रो भएका अर्यालले भने  १५ हजार रुपैंया पुरस्कार प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org