ताजा समाचार

प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य : प्रमुख कायस्थ

 

महेन्द्रनगर, धनुषा, १५ वैशाख । प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।

एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आज प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारबाट हुने कमीकमजोरीलाई बेलाबेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आ–आफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको संरक्षण गरी अगाडि बढ्न सकेमा देश समृद्ध हुने बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा अधिकांशले प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको खाँचो रहेको औँल्याएका थिए ।
कार्यक्रममा प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, एफइएस नेपालका कन्ट्री डाइरेक्टर जर्मन नागरिक ऐनेट स्लिस्ट, पूर्व मन्त्री यदुवंश झा, सरस्वती चौधरी, शीतल झा, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, अधिवक्ता तथा पत्रकारको उपस्थिति रहेको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org