ताजा समाचार

मन्त्री पुनले गरे रसुवागढी नाकाको निरीक्षण

काठमाडाैं, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले अाज रसुवागढी अन्तर्राष्ट्रिय नाकाको निरीक्षण गरेका छन्।

चिनियाँ रेलमार्ग काठमाडौं जोड्ने तयारी भइरहेको  रसुवागढी नेपाल–चीनबीचको मुख्य अन्तर्राष्ट्रिय नाका हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनको केरुङबाट काठमाडौं रेलमार्ग जोड्नेबारे विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी भइरहेका बेला मन्त्री पुनले नाका अवलोकन गरेका हुन्।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको क्रममा भारत गएका ओली रक्सौल काठमाडौं रेलमार्ग विस्तार गर्ने सहमती गरेर फर्केका थिए। त्यसयता भारत र चीनको रेलमार्ग सञ्जालसँग नेपाललाई जोड्ने बहस भइरहेको छ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्यलाई तीब्रता बनाउन निर्देशन दिँदै तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरिने बताएका छन्। साथै  मन्त्री पुनले नाकालाई थप व्यवस्थित बनाउँदै संरक्षण गरिने बताए। रसुवागढी १११ मेगावाट क्षमताको परियोजना हो

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org