चितवनमा पूँजीगत खर्च ३८ प्रतिशत
चितवन, १७ वैशाख। चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७.७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका अनुसार चालू आवको नौ महिनामा रु दुई अर्ब नौ करोड ३८ लाख २४ हजार खर्च भएको छ । गत आवको यसै अवधिमा रु एक अर्ब ५८ करोड १४ लाख ४३ हजार खर्च भएको थियो ।
यसवर्ष सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडक आयोजनामा मात्रै रु ८५ करोड ५४ लाख ४२ हजार खर्च भएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भरतपुरका रु ४३ करोड ७८ लाख ६१ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु २२ करोड ६० लाख ४८ हजार र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको रु १५ करोड १० लाख नौ हजार खर्च भएको छ । अन्य कार्यालयको खर्च न्यून रहेको उहाँले बताउनुभयो ।
यसैगरी चालू आवको नौ महिनामा चालू खर्चतर्फ ६८.८५ प्रतिशत खर्च भएको छ । यस अवधिमा रु छ अर्ब ७५ करोड ९८ लाख ६४ हजार चालू खर्च भएको हो । गत आवको यसै अवधिमा ५१.६४ प्रतिशत चालू खर्च भएको थियो । यो अवधिमा रु चार अर्ब ९८ करोड ७५ लाख १२ हजार खर्च भएको थियो ।
स्थानीय तह गठनपछि केन्द्रीय योजनाबाहेकको खर्च स्थानीय तहबाट नै हुने भएकाले कोलेनिकामा यो बजेट आउँदैन ।
यस वर्ष पूँजीगत खर्चतर्फ कोलेनिकामार्फत हालसम्म रु पाँच अर्ब ५६ करोड ६६ लाख ५३ हजार निकासा भइसकेको छ । गत वर्ष रु पाँच अर्ब ७७ करोड ८४ लाख १२ हजार निकासा भएको थियो । पूँजीगत खर्च रकमान्तर भई अन्यत्रबाट पनि असारसम्म आउने हुँदा रकम बढ्न सक्ने कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...