ताजा समाचार

रामग्राम-लुम्बिनी-तिलौराकोट जोड्न मोनोरेल संचालनमा ल्याउने : प्रधानमन्त्री

बुटवल,१७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६२ औं बुद्ध जयन्ती समारोहमा अाज लुम्बिनीमा सम्बोधन गर्दै  बुद्ध जन्मस्थल लुम्बिनीको दिगो पर्यटकीय विकासका लागि रामग्राम-लुम्बिनी-तिलौराकोट जोड्न मोनोरेल संचालनमा ल्याउने  बताएका छन् ।

प्रधानमन्त्री अाेलीले ‘रामग्राम, लुम्बिनी हुंदै तिलौराकोट जोड्न मोनोरेल संचालनका लागि छिट्टै संभाव्यता अघि बढाइने बताएका छन् । साथै उनले बुद्धकाे जन्मस्थल लुम्बिनी हाेइन अन्तै हाे भनि भ्रम फैलाउने काम गरेपनि त्याे भ्रममा नपर्न विश्व समुदायलाई आग्रह गरे ।

प्रधानमन्त्रीले लुम्बिनीको विकास अन्य शहरको जस्तो जथाभावी नगरेर हरियाली प्रवर्द्धन र वातावरण संरक्षणसहितको व्यवस्थित र दीगो विकासका लागि गर्नुपर्ने बताएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org