ताजा समाचार

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने साथै बैंक खाता रोक्का गर्ने

काठमाडाैं,२१ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा अाज बसेको बैठकले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन गर्ने साथै समितिहरुको बैंक खाता पनि रोक्का गर्ने निर्णय गरेकाे छ ।

यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

खाता रोक्का लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org