ताजा समाचार

अलिबाबा नेपालमा प्रवेश, अलिबाबाले दराजकै नामबाट व्यवसाय संचालन गर्ने

 

 

 

काठमाडाैं,२७ वैशाख । चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको छ ।
अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा अलिबाबाको प्रवेश भएको हो।

दराज ले सन् २०१२ देखि पाकिस्तान लगायत नेपाल, बंगलादेश, श्रीलंका, म्यानमारलगायतका अन्य देशमा पनि अनलाइन सपिङ संचालन गर्दै आइरहेको छ ।

नेपालमा क्यामु डटकमको नामबाट संचालन भएको थियो। तर क्यामु र दराज मर्ज भएपछि दराजको नामबाट नेपालसहितका दक्षिण एसियाली मुलुकमा यसले अनलाईन सपिङ व्यवसाय गरिरहेको थियो।

जर्मन कम्पनी रकेट इन्टरनेटले क्यामु र पाकिस्तानको दराजलाई मर्ज गरेर दराजको नामबाट सन् २०१६ बाट संचालन गरेको थियो।

विश्वकै सबैभन्दा ठुलो मध्येको एक इकमर्श साइट अलिबाबाले दराजकै नामबाट व्यवसाय संचालन गर्ने जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org