ताजा समाचार

विख्यात वैज्ञानिक डा. डेभिड गुडअलले हाँसी–हाँसी जीवन त्यागे

 

एजेन्सी । वैज्ञानिक डा। डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएका र अष्ट्रेलियामा बसेका गुडअल बोटनी र पर्यावरणका प्रख्यात वैज्ञानिक थिए ।

इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो ।

एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका छन् । उनले भने, ‘स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तिपूर्ण निधन १०ः३० मा भयो ।’

गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएका थिए । उनले विथोवनको ‘ओड टु जोई’ संगीत सुनेका थिए ।

आफ्नो जिन्दगी अन्त्यका लागि उनले ३ मेमा अष्ट्रेलियास्थित घर छाडेर स्विटजरल्याण्ड गएका थिए । उनमा कुनै गम्भीर प्रकारको रोग थिएन तर उनले जीवनको सम्मानजनक अन्त्य चाहन्छु भन्थे । उनी भन्दथे, ‘मेरो स्वतन्त्रता खोसिँदैछ त्यसैले स्वेच्छिक मृत्युवरण रोजें ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org