ताजा समाचार

देउवा अधिनायकवादतर्फ उन्मुख भएको नेता डा. शेखर कोइरालाले आरोप

 

विराटनगर,३१ वैशाख। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको कांग्रेस नेता डा. शेखर कोइरालाले आरोप लगाएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै कोइरालाले शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् ।

देउवाले पदाधिकारी चयन गर्दा समेत सहमति विपरित चयन गरेको कोइरालाले आरोप लगाएका छन् । दुई वर्ष लगाएर पदाधिकारी नियुक्त गरेपनि विधान र सहमति दुबै मिचेर नियुक्त गरेको समेत  उनले आरोप लगाए ।

एउटा धारा निलम्बन गरेर विधान सम्वत बनाउने वा सहमति गरेर पदाधिकारी नियुक्त गर्ने बाटो भएपछि सभापति देउवाले दुबैलाई लत्याएको उनको आरोप छ । यद्यपि, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनित भएका नेताहरु योग्य, पुराना नेताहरु भएको भन्दै व्यक्तिका बारेमा केही भन्नु नरहेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org