ताजा समाचार

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

 

मलेखु, धादिङ, ३१ वैशाख। केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ ।

सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो । गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

राजमार्गबाट शाखा सडक खन्दा आधारभूत मापदण्ड पूरा नगरेका कारण शाखा बाटोमा निकालिएको माटो पहिरोका रुपमा परिणत भई राजमार्गमासमेत क्षति पु¥याएकाले शाखा सडक निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने भएकाले गाउँपालिकाले योजना सञ्चालनमा समेत विशेष ध्यान दिने गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताए ।

सो क्षेत्रमा केही दिनअघि पनि सडक माथिबाट आएको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमाथि खनिएका शाखा सडक पहिरो नजाने गरी निर्माण गर्नुपर्ने र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने जरेखेतबासीको भनाइ थियो ।

रागमार्ग क्षेत्रमा रहेको धुनीबेशी नगरपालिका, गल्छी, थाक्रे, गजुरी र बेनिघाटरोराङ गाउँपालिका क्षेत्रबाट २०० भन्दा बढी शाखा सडक खनिएको देखिन्छ । शाखा सडक निर्माण गरिएको हरेक स्थानमा राजमार्ग भत्किएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org