मोदीको चेतावनीका बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्रीको पत्र
नयाँदिल्ली, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्नु भएको छ ।
प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गर्नु भएको छ ।
कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ ।
गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको ¥यालीपछि आयोजित कार्यक्रममा मोदीले “काँग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाईहरूले सिमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ” भन्नुभएको थियो ।
मोदीको भनाईलाई पूर्वप्रधानमन्त्री डा सिंहले “शान्ति भाड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति” भन्नुभएको छ ।
“न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्,” सिंहले पत्रमा लेख्नु भएको छ ।
उहाँले पत्रमा भन्नुभएको छ, “कसैका बिरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनु होला ।”
राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक काँग्रेंसको दुवै संसदीय दलका नेता र बरिष्ठ नेताहरू पि चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गर्नु भएको छ । रासस÷एएनआइ
Comments
अरु समाचार
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...