अाज विहान प्रधानमन्त्री केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा दुई घन्टा सम्म भएकाे वार्ता पछि अल्झीरहेको पार्टी एकता प्रक्रियाकाे टुंगाे सम्भवत जेठ ६ गते हुने भएकाे हाे ।
बालुवाटारमा बसेकाे वैठकमा दुई नेताबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । पार्टी एकताको अन्तिम निर्णय गर्न बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक बाेलाईएकाे छ ।