ताजा समाचार

मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने ?

 

काठमाडौं,२ वैशाख ।प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद निरु पालले मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने भनी सरकारलाई प्रश्न गरेकी हुन् ।

मोदी आएका बेला जनकपुरमा नेपाली राष्ट्रिय झण्डाको आकार र रङ थाहा नपाउने कर्मचारीलाई मात्र नभइ मुख्यमन्त्रीलाई समेत स्पष्टीकरण सोध्नुपर्ने सांसद पालले बताइन् ।

राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टीका टिप्पणी भइरहेको भन्दै उनले तत्कालिन समयमा नाकाबन्दीलाई होइन भन्नु र प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्मसारवाद भन्नु दुवै अतिवाद हुने टिप्पणी गरिन् ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org