ताजा समाचार

संविधान त्रुटीपूर्ण छ , मुख्यमन्त्रीको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन :  प्रदेश २ सरकार 

 

जनकपुरधाम,३ वैशाख। प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा भएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन भएको बताएको छ ।

मोदी वैशाख २८ गते दुई दिने नेपाल म्रमणका लागि जनकपुर आएका थिए त्यसक्रममा जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु सधैं संघर्षरत रहिरहने बताएका थिए ।

मुख्यमन्त्रीले यसरी देशको अन्तरिक मामिला विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरित भएको भन्दै केन्द्र सरकारले आपक्ती जनाएको छ ।
। प्रदेशसभामा पनि मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर निकै बहस भएपछि सरकारले जवाफ दिएको छ ।

बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताए बताएका छन् ।

संविधानमा भएका विभेदकारी प्रावधान र प्रदेशको अधिकारका लागि आफ्नो धारणा राख्नु गलत नभएको मन्त्री यादवले बताएका छन् ।साथै उनले जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो । त्यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य नरहेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org