ताजा समाचार

 अाज केन्द्रीय सदस्य छान्दै नेकपाका नेताहरु

 

 

काठमाडौ‌ं,४ जेठ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय संरचनाले पूरा भएपछि प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुको एकता अगाडी बढ्ने भएको छ ।

आज एमालेको तर्फबाट तत्काल ४१ केन्द्रीय सदस्यको टुंगो लाग्ने भएको छ ।

माओवादीको तर्फबाट भने २०० सय केन्द्रीय सदस्य र १९ स्थायी कमिटी सदस्यको टुंगो लागेको छैन । निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरमा तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्यहरुले मात्र हस्ताक्षर गरेका छन् ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लागिसकेपछि पोलिटव्यूरो गठन हुनेछ। पोलिटव्यूरो बढीमा १३५ सदस्य रहनेछन् भने ९ सदस्यीय केन्द्रीय सचिवालय बनिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org