ताजा समाचार

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना

 

काठमाडौँ, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् ।

मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनकाे उपचार उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org