ताजा समाचार

अोसामा बिन लादेनको मृत्युको खुलासा, यस्तो छ कारण

एजेन्सी। विश्वको ध्यान केन्द्रित गर्न सफल अोसामा बिन लादेनको मृत्युको रहस्य के हो भनेर यकिन रुपमा कसैले भन्न सकेको छैन् ।

अल कायदा प्रमुख लादेन रहेको स्थान अमेरिका आफैले पत्ता लगाएको हो या तत्कालीन पाकिस्तानी सेना प्रमुख जनरल अशफाक कयानीले उनको ठेगाना बताएका थिए ?

एबटाबादमा अमेरिकी सेनाको आक्रमणबाट लादेनको मृत्यु भएको दुई दिनपहिला  पाकिस्तानी सेना प्रमुख कयानीले अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए। यस्तोमा के अनुमान लगाइएको छ भने कयानीको अमेरिकी अधिकारीसँगको भेट संयोग थियो की गोप्य योजना…?

पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका पूर्व प्रमुख असद दुर्रानीले ओसामा बिन लादेनका विषयमा महत्वपूर्ण खुलासा गरेका छन्। खुफिया एजेन्सी र उसको सफलतामा आधारित किताबमा उर्रानी र भारतीय खुफिया एजेन्सी रअ का पूर्व प्रमुख एएस दुलतबीचको संवाद प्रकाशित छ। किताबकालागि भएको संसादलाई पत्रकार आदित्य सिन्हाले मडरेट गरेका छन्।

‘ओसामा बिन लादेनको सौदा’ (द डियल फर ओसामा बिन लादेन) शीर्षकमा दुर्रानीले यो विषयमा विस्तारमा संवाद गरेका छन्। उनी भन्छन्, ‘अमेरिकी हेलिकप्टर देशको सीमाको १५० किलोमिटर भित्रसम्म आइपुगेको थियो। तर कसैले पनि थाहा पाएनन्। हामीमाथि अक्षम भएको आरोप पनि लाग्यो। दोहोरे खेल खेलेको आरोप पनि लाग्यो। त्यसको बदलमा हामीलाई के प्राप्त भयो? म यही कुरा जान्न चाहन्छु।’

जनरल कयानीमाथि लागेको पैसाको लोभमा अमेरिकालाई ओसामा बिन लादेनको जानकारी दिएको आरोपका विषयमा दुर्रानी भन्छन्, ‘एनडीसी (नेशनल डिफेन्स एकेडेमी) मा कयानी मेरा प्रिय विद्यार्थी थिए। रिटायर भएपछि उनले मसँग भेट नै गरेनन्। त्यही भएर मैले उनलाई केही सोध्ने कुरा पनि भएन। यदि उनले अर्बौं डलर वा कुनै ठूलो जागिरको लोभमा यस्तो काम गरेका हुन् भने म आफ्नै विरुद्ध कठिन काम सुरु गर्छु।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org