ताजा समाचार

चीनसँग शैक्षिक सहकार्यबारे छलफल

काठमाडाैं ८, जेष्ठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्बीच आज भएको भेटवार्तामा दुई देशबीच शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ ।

उनीहरूबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समयसीमा र एकरुपता कायम गर्दै अगाडि बढ्ने योजना रहेको बताए ।

विश्वविद्यालयहरूमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रवृत्ति, विद्यालय पुनःनिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनियाँ सहयोगको प्रशंसा गरे।

मन्त्री पोखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमणबाट शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताए ।

राजदूत होङ्ले नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चीन सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध सुदृढ र मजबूत रहेको उल्लेख गरेका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org