जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन
काठमाडाैं ९, जेष्ठ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् ।
आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आएका छन् । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुन ।
केही समयअगाडि नेपाल आएका उनी नेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउछन् । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उनी भन्छन् । रासससँग कुरा गर्दै उनले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताए ।
अमेरिकामा कक्षा १२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ भन्दै उनी त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताछन् । “व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ,” उनी भन्छन् । अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उनको भनाइ थियो । पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ भन्दै उनले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने उनको सुझाव छ ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...