ताजा समाचार

छरिएर रहेका सरकारी संस्थालाई एकीकृत गर्दै छुट्टै संस्था निर्माण गर्ने

 

काठमाडौं,९ जेष्ठ । सरकारले साना, लघु तथा मझौला ब्यवसाय (एसएमइ) लाई प्रोत्साहित गर्न छुट्टै संस्था स्थापना गर्ने भएको छ।

आगामी आर्थिक बर्षको लागि बजेट बनाउने तयारी गर्दै गरेको अर्थमन्त्रालयले छरिएर रहेका सरकारी कार्यक्रमहरुलाई एकीकृत गर्दै छुट्टै संस्था निर्माण गर्ने भएको हो।

सरकारले सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा सांकेतिक रुपमा एसएमइ बैंकको विषय परेको अर्थका अधिकारीले बताए। नीति तथा कार्यक्रममा ुपाँच बर्षभित्र रोजगारीका लागि विदेश जानु पर्ने अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरिनेछु उल्लेख छ। यो कार्यक्रमलाई साना, लघु तथा मझौला उद्यमसँग जोडेर बेरोजगारी हटाउने सरकारी योजना रहेको स्रोतको दावी छ।

सरकारले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष, कर्णाली रोजगार कार्यक्रम, स्थानीय अग्रसरतालाई नयाँ ज्ञान र सीपसँग जोड्ने कार्यक्रम, ग्रामिण स्वाबलम्वन कोषजस्ता कार्यक्रमलाई एकीकृत गरी छुट्टै एसएमइ संस्था सञ्चालन गर्ने नीति लिन लागेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org