ताजा समाचार

यस्तो छ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण, साइकलदेखि महलसम्म

काठमाडाैं ९, जेष्ठ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सम्पत्तिका नाममा साइकलदेखि घर, जग्गा जमिन तथा सुनको विवरण कति भनेर बुझाएका सम्पत्ति विवरण मध्ये केहिको विवरण भने असाधारण समेत देखा परेको छ ।

सरकार बनेको सय दिन पुग्न लागेकै बेला सम्पत्ति विवरण सार्वजनिक भएको हो । यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा आेलि

आेलिका नाममा कुनै पनि अचल सम्पत्ति विवरण देखिएको छैन् । उनले आफ्नो सम्पत्ति विवरणमा खुलाए अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा तीनतले २ वटा घर छ । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा रहेको छ । माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र सबै श्रीमती राधिका शाक्यको नाममा  रहेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन् । पत्नीको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन उल्लेख गरिएको छ । ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’

मन्त्री थापाले सम्पत्ति विवरणमा ६ तोलासुन रहेको र उो सुन भाईले विदेशबाट उपहार ल्याइदिएको जनाएका छन् ।

थापासँग सवारी साधनका नाममा तत्कालिन माआेवादीको नाममा रहेको बा ९ च ७४३२ नम्बरको गाडी छ भने, पत्नी नैनकलाको नाममा तामाकोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ ।

यसका साथै, रेस्टुरेन्टबाट आएको ३ लाख रुपैया नगद भने आफैसँग रहेको भनेर खुलाएका छन् ।

अर्थमन्त्री युवराज खतिवडा

मन्त्री खतिवडासँग ६३ हजार डलर, ८७ लाख रुपैयाँ खातामा, बैंकभन्दा सहकारीमा धेरै रुपैयाँ रहेको र विभिन्न मितिमा अरुलाई २४ लाख ऋण दिएको विवरण उल्लेख गरेका छन् । झापा गौराहद वडा नम्बर ९ को स्थायी वासिन्दा रहेका खतिवडा हाल काठमाडौको धुम्बाराहीमा बसोबास गर्दै आइरहेका छन् ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित

मन्त्री पण्डितको सम्पत्ति विवरण अनुसार विराटनगरमा उनकाे  १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ ।

ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको छ साथै उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

सवारी साधनको नाममा भने उनीसँग एक थान पुरानो साइकल रहेको विवरणमा उल्लेख छ ।

भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ

ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् ।

उनको सम्पत्ति  विवरणअनुसार तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।

खानेपानी मन्त्री बिना मगर

मन्त्री बिना मगरसँग ५ तोला सुन र १६ तोला चाँदी छ जसको स्रोतमा उनले पैतृक भनेकी छिन् भने, श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर छ ।

मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् । प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैतृक भनिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org