ताजा समाचार

लैनचौरमा कालो हिराको बार्गेनिङ गर्ने ८ जना समातिए

 

काठमाडौं,९ जेष्ठ। काठमाडौंको लैनचौरमा कालो हिराको बार्गेनिङ गर्दागर्दै ८ जना समातिएका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले हिराको कारोबार गरिरहेको समयमा लैनचौर क्षेत्रबाट पक्राउ गरेको हो

महानगरीय वृत्तका डिएसपी दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सुराकीका आधारमा खोजतलास गर्दा लैनचौरका रमेश रजकले दुई वटा कालो हिरा ३ करोड रुपैयाँमा विक्री गर्न बार्गेनिङ गर्दै गर्दा उनीसहित अन्य ८ जना पक्राउ परेका हुन् ।

पक्राउ गरेकाहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभागमा पठाइएको काठमाडौं प्रहरी जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org