ताजा समाचार

कित्ताकाट बन्दले घरजग्गा कारोबारमा गिरावट

 

काठमाडाै‌ं,१० जेष्ठ । कित्ताकाटमा बन्दले उपत्यका वाहिर पनि घरजग्गा कारोबारमा गिरावट आएको छ।।

गत साउन २६ गते भूमीसुधार मन्त्रालयले गरेको कृषियोग्य जग्गाको खण्डिकरण रोक्न अनुमति लिएर वा नलिएर कुनैपनि किसिमले जग्गा प्लटिङमा रोक लगाउने निर्णयले कारोबारमा ब्रेक लागेको थियो।

वैशाखमा देशभरिनै घरजग्गा कारोबारको राजस्व ४३ करोड कम राजस्व उठेको छ। वैशाखमा १ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। चैतमा २ अर्ब ६ करोड घरजग्गा कारोबारबाट राजस्व उठेको थियो। उपत्यका वाहिर मात्रै वैशाख महिनामा १ अर्ब मात्रै राजस्व उठेको छ। चैतमा उपत्यका बाहिर १ अर्ब २० करोड राजस्व उठेको थियो।

निर्वाचन सकिए लगत्तै अस्थायी प्रदेश राजधानी सिफारिस भएपछि कारोबार केही बढ्यो बढेको थियो तर स्थायी भने भएन। वैशाखमा सबैभन्दा धेरै प्रदेश ३ को राजधानी हेटौंडाको कारोबारमा गिरावट आएको छ। वैशाखमा हेटौंडामा ३ करोड ६५ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। चैतमा ५ करोड ४० लाख राजस्व संकलन भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org