ताजा समाचार

गुनासो सुन्न मोबाइल एप बनाउदै सरकार

काठमाडौं ९ जेष्ठ । सरकारले जनाताको गुनासो सुन्नलाई मोबाइल प्रविधिको प्रयोग मार्फत यसको अवधारणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।

आम मानिसले पर्योग गर्न सक्ने गरि यो एप सरल, सहज, आधुनिक र सुविधाजनक हुने गरेर तयार पारिदै छ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरि निर्माण गर्ने योजना छ ।

हेलो सरकार मार्फत जनताको गुनासो लिने गरेको सरकारले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलादेखि सुरु भएको ‘हेलो सरकार’मा टेलिफोन र सामाजिक सञ्जालमार्फत गुनासो गर्न सकिन्छ । तर अव भने गुनासोका लागि यस्तो मोबाइल एप निर्माण भए पश्चात भने गुनासोहरु सिधै सम्बन्धित मन्त्रालयमा पुग्नेछन् ।

सरकारले नीति तथा कार्यक्रममा प्रत्येक मन्त्रालयमा समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यही संयन्त्रलाई यसमा प्रयोग गर्न सकिने अधिकारीहृरु बताउँछन् ।

‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’

सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ ।

‘अहिले धेरै नेपालीको हातमा स्मार्ट फोन पुगिसक्यो । मेरो सरकारले मैले गरेको गुनासो तत्कालै सुन्छ भन्ने अनुभति गराउन यो प्रभावकारी हुन्छ,’ ती अधिकारीले भन्छन् ।

यस्तो एप निर्माणका लागि गृहकार्य सुरु भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org