ताजा समाचार

कर्णालीमा नियमित तालिकामै उडान भर्लान त एयरलाइनस कम्पनीले

डोल्पा १०, जेष्ठ । कर्णालीका जिल्लामा  सात वर्षपछि हवाई भाडादर समायोजन भएको छ ।

नेपाल उड्‍ड्यन  प्राधिकरणले जनाए अनुसार नेपालगञ्ज डोल्पाको भाडादर ५ हजार ३ सय १० तोकिएको छ । यसभन्दा पहिले त्यहाँको भाडादर ८ हजार ८ सय १५ रुपैया थियो ।

त्यसैगरी नेपालगञ्ज-सिमिकोट ७ हजार १ सय ९०, रारा ५ हजार ८ सय ४०,जुम्ला र बाजुराका लागि ५ हजार ४ सय ४० एकतर्फी भाडादर कायम भएको छ। हाल कायम भएको भाडादरमा ३२ प्रतिशतले कम भएको प्राधिकरणले जनाएको छ ।

यसअघि हवाई कम्पनीले चार्टर उडानका नाममा मोटो रकम असुल्दै आएका थिए । तर, अव भने कर्णाली तता दुर्गम हिमाली जिल्लामा नियमित सेड्युल उडान हुने प्राधिकरणले जनाएको छ ।

नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीका अनुसार  बिमान कम्पनीसँगको सम्झौता अनुसार चार्टर उडान बन्द गरी सेड्युल उडान भर्ने निर्णय भएको हो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले भने ३५ प्रतिशत भाडा बढाएको छ । यसबाट नियमित सेडुअलका उड्‌डयन भर्दा बिमान कम्पनीलाई घाटा भने लाग्ने छैन।डोल्पाबाट नेपालगञ्जका लागि ३ हजार ८ सय १५ रुपैयाँ भाडादरमा बढेर ५ हजार एक सय भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

उनका अनुसार दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन तथा समायोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गएको वैशाख २६ गते मन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरेको बताए।

कर्णाली तथा दुर्गम हिमाली जिल्लामा तारा,गोमा,सिता,मकालु र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्।

लामो समयदेखि कर्णालीका जिल्लामा उडान भर्दै आएको तारा एयरले अब चार्टर उडान नभर्ने र सेडुअलका मात्र उडान भर्ने तारा एयरका नेपालगञ्ज स्टेसन प्रमुख दिलिप कार्कीले बताए । उनले भने,’ नियमित सेडुलबाटै यात्रुलाई सेवा प्रदान गरिन्छ तर कसैले नीजि रुपमा चार्टर गर्न भने पाउनेछन्।’

नेपाल नागरिक उड्‍डयन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा नेपालगञ्ज बिमानस्थलबाट दुर्गम तथा कर्णालीका जिल्लामा ४१ हजार उडान भरेका छन्। जम्मा उडानको लगभग आठ हजार उडान मात्र सेडुअलका भएका र अन्य सबै चार्टर उडान भएको तथ्यांक प्राधिकरणका नेपालगञ्ज प्रमुख प्रताबबाबु तिवारीले जानकारी दिए ।

सम्बन्धित समाचार:

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी 

चिनियाँ पाइलट अयोग्य भएको भन्दै श्रीलंकाबाट पाइलट ल्याउने तयारीमा वायुसेवा निगम

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org