ताजा समाचार

चिनियाँ पाइलट अयोग्य भएको भन्दै श्रीलंकाबाट पाइलट ल्याउने तयारीमा वायुसेवा निगम

काठमाडाै १०, जेष्ठ । नेपाल वायुसेवा निगमले चिनियाँ वाई-१२ ई जहाज उडानका लागि ल्याउन लागेका क्याप्टेनहरु अयोग्य भएको भन्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

चिनियाँ पाइलटसँग कमर्सियल पाइलट लाइसेन्स (सीपिएल) बाहक मात्रै भएको भन्दै अनुमति दिन अस्विकार गरेको जनाइएको छ ।

प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । यसअघि पनि चिनियाँ पाइलट सम्वन्धि विभिन्न समाचार आएका थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि एटीपीएलबाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ । तर चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलटसँग सीपीएल लाइसेन्समात्रै रहेको पाइएको थियो ।

निगमले चिनियाँ जहाज उडाउन ल्याउन लागेका तीन पाइलटको नेपालको नागरिक उड्डयन नियमावली तथा पाइलटको कार्यविधि विपरित रहेको भन्दै अनुमति नदिएको हो ।

“चिनियाँ पाइलटको योग्यता नेपालको मापदन्डअनुसार नमिलेपछि चिनियाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने प्रक्रिया अगाडि बढाएका छौ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । श्रीलंकामा पनि वाई १२ ई जहाज उडान भइरहेकाकोले त्यहाँका तीन क्याप्टेनले चासो दिएकोले पत्रचार भइरहेको कंसाकारले जानकारी दिए ।

निगमसँग हाल ४ थान जहाजका लागि २ जनामात्र क्याप्टेन रहेका छन् । वाई १२ ई को लागि क्याप्टेन उद्धव घिमिरे र नृपेन्द्र भट्टराईमात्रै छन् । कोपाइलट र अन्य जहाज उडाउने पाइलटले पनि वाई–१२ई जहाज उडाउन पाउँदैनन् । अन्तर्राष्ट्रिय प्रचलनमा दुई जहाजका लागि पाँच पाइलट र पाँच कोपाइलट चाहिन्छ । निगमले एक नेपाली प्रशिक्षक पाइलट (आइपी) निमानुरु शेर्पालाई पुनः भित्र्याएको छ । ग्रिनकार्डधारीको आरोप लगाउँदै हटाइएका उक्त आइपी शेर्पालाई पुनः फर्काउन लागिएको हो । शेर्पाको अनुमतिका लागि प्राधिकरणमा निगमले पत्र पठाएको छ ।

सम्बन्धित समाचारहरु:

कर्णालीमा नियमित तालिकामै उडान भर्लान त एयरलाइनस कम्पनीले

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org