ताजा समाचार

४ जना सञ्चालक छान्दै सम्पन्न भयो प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा लैनचोरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको उक्त सभाले कम्पनीकाे नयाँ संचालक समितिमा चार जना चयन गरेको छ ।

कम्पनीको सञ्चालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएका छन् ।

साधारण सभाले आ.ब. २०६३/०६४ देखि आ.ब.२०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, सभाले वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org