मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र
रोल्पा, ११ जेठ। मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।
रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ ।
शिशुको जन्म दिएपनि रेखदेख नगरेपछि आफूहरुको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले बताएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेवारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरुले खोजी गरिरहेको आमा समूहका अध्यक्ष मीना घर्तीले जानकारी दिनुभयो ।
शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेका छाँै, अध्यक्ष घर्तीले भन्नुभयो । सुत्केरी महिलाको रेखदेख र शिशुको बाबु पहिचानका लागि आफूहरुले समेत दबाब दिइरहेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताउनुभयो । शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने आचार्यको भनाइ छ ।
जिल्लामा बाबु पहिचान हुन नसकेका यस्ता बालबालिका सयौँको संख्यामा रहेको बताइएको छ । बाबु पहिचान नहुँदा विद्यालय भर्ना तथा नेपाली नागरिकताको प्रमाणपत्र लिनमा समेत यस्ता बालबालिका वञ्चित हुँदै आएका छन् ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखको कार्यलयमा बुझाएका...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...