ताजा समाचार

कुसुम लामा पुन भइन् प्रभु इन्स्यारेन्सको अध्यक्ष

 

 

काठमाडौं,१२ जेठ । प्रभु इन्स्योरेन्स लिमिटेडको साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गरेको छ ।

जेठ १० गते सम्पन्न भएको बिशेष साधारणसभाले कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निर्विरोध निर्वाचित गरेको छ।  सर्वसाधारण समुहबाट भने  प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई निर्वाचित गरेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धितालले प्रतिनिधित्व गरेका छन् ।

साधारणसभा सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा कुसुम लामालाई सर्वसम्मतीले चयन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org