ताजा समाचार

 नेपाल प्रहरीले गर्याे ४ सय प्रहरी निरीक्षकको सरुवा

 

 

 

काठमाडौं,१२ जेठ। नेपाल प्रहरीले ४ सय प्रहरी निरीक्षकहरुको शुक्रबार सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ ।

सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब–भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था मिलाउन प्रधान कार्यालयले सम्बन्धित निकायहरुमा पत्राचार गरेको छ प्रहरी प्रधान कार्यालयले ९१ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिकको सूचीमा राखेको छ ।

नियुक्तिका लागि सिफारिस गरिएकाहरुलाई उसले जेठ २७ गते बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा सहभागी हुन सूचित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org