ताजा समाचार

बालकृष्ण ढुङ्गेलबारे सर्वोच्चमा आज फैसला हुदै, के गर्ला त सर्वोच्चले ?

काठमाडौँ १३, जेष्ठ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन माआेवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद सजाय मिनाहा गर्न लागेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ ।

अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा ढुङ्गेलका विरुद्द सजायमा भारी छुट दिएर कैदमुक्त गर्न लागेकोभन्दै रिट दायर गरेका थिए ।

रिटको गत शुक्रबार प्रारम्भिक सुनुवाई भएको थियो ।

रिटबारे शुक्रवार भएको प्रारम्भिक सुनुवाईपछि सरकारलाइ जेठ १३ गते अन्तरिम आदेशको सुनुवाईका लागि उपस्थित हुन सूचना जारी गरेको थियो ।

सरकारले ढुङ्गेल लगायत अन्य कैदि बन्दीलाई गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहका लागि भन्दै राष्ट्रपति कहाँ सिफारिस गरेको छ । राष्ट्रपतिले अनुमोदन गरे पश्चात उनी लगायत अन्य कैदिलाई सजाय छुट मिनाह हुने हुन्छ ।

गत २०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ढुङ्गेललाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

तर, यो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो ।

पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । यसैलाई आधार मानेरगएको कात्तिक ७ गते सर्वाेच्च अदालतले एक साताभित्र ढुङ्गेललाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएपछि उनी कात्तिक १४ गते पक्राउ परेका थिए । हाल ढुङेल डिल्लीबजार कारागारमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org